शेयर बजार घट्ने क्रम रोकिएन, परिसुचक १९ सय भन्दा मुनि
वि.सं.२०७९ कात्तिक २७ आइतवार १५:१३
1.55K
shares
shares

काठमाडौं, २७ कात्तिक । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक १० दशमलव ५४ अंकले आरालो लागेको छ ।
आइतबार नयाँ वेबसाइट संचालनमा आएसंगै नेप्से परिसुचक १८८३ दशमलव १६ को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८३ अंकले आरालो लागेको छ । आज दिनभर भएका १८ हजार ४५ कारोबाबाट २२५ कम्पनीका २० लाख २८ हजार ३ सय ४८ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ७७ करोड ४९ लाख ११ हजार ७ सय ६ पुगेको छ ।








