१३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो बजार मूल्य ?
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ११:२०
shares

काठमाडौं, २५ कात्तिक । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा एकैदिन १३ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।
नेपाल सुनचाँदी व्यवुसायी महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








