यी हुन् सबैभन्दा बढी कारोबार भएका कम्पनी
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १५:३४
shares

काठमाडौं, १५ कात्तिक ।आज नेप्से परिसुचक ५६ दशमलव ११ अंकले बढेको छ । मंगलबार २ दशमलव ९९ प्रतिशतले बढेर १९३० दशमलव ९९ बिन्दुमा पुगेको छ ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव २८ अंकले वृद्धि भएको छ । आज भएका २७ हजार ९ सय ३२ काररोबारबाट २३१ कम्पनीका ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता शेयर किनबेच भएका छन ।
आज १८१ कम्पनकिो शेयर मुल्य बढेको छ भने ३ कम्पनीको मात्र शेयर मुल्य घटेको छ । आज सबै कम्पनीका लगानीकर्ता उत्साहित भएका छन् ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।








