कर्मचारीसँग हार्‍यो मेयर बालेन साहको टीम

1.67K
shares
Krishi Bikas Bank

काठमाडौं, २६ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको टीम कर्मचारीको टीमसँग पराजित भएको छ । महानगर दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा मेयर साहको टीम कर्मचारीसँग ६–१ गोल अन्तरले पराजित भएको हो ।

सोमबार विहान दशरथ रंगशालमा भएको लेखमा मेयर ११ लाई प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वको कर्मचारी टोलीले आधादर्जन गोल गर्दै पराजयको स्वाद चखाएको हो । मेयर ११ का कप्तानी साहले गरेका थिए भने टोलीमा महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु मैदामा उत्रिएका थिए । यता प्रमुख प्रशासकिय अधिकृत ११ का कप्तानी प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए ।

दुई टोली बीचको खेल १ घण्टासम्म चलेको थियो । यो अवधिमा मेयर साह भने दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । कप्तान तथा मेयर साह मैदानमा प्रवेश गर्दा टोलि ५ गोलले पछि परेको थियो । त्यस पछि दुवै टोलिबाट थप १–१ गोल भयो र खेल समग्रमा ६–१ को अवस्थामा सकियो ।


Krishi Bikas Bank
franklin 1200*150