आगामी प्रधानमन्त्रीको लागि गगन थापा सेमिफाइनमा !

1.68K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ मंसिर । आइतबार सम्मन्न भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । सत्तारुढ गठबन्धनले आगामी प्रधानमन्त्रीका लागि आधिकारीक रुपमा कसैलाई पनि अघि नसारेको अवस्थामा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले भने आफू भावी प्रधानमन्त्री भएको बताउँदै आएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का जनताले जिताएर पठाएको खण्डमा आफू संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने उनको घोषणा नै थियो । पार्टीका प्रवक्ता डा.प्रकाशसरण महतले यो घोषणालाई बेमौसमको बाजाका रुपमा चित्रण गरेका थिए ।

यो विषयमा पार्टीले निर्णय गर्ने कुरा हो व्यक्तिगत रुपमा कसले के भन्छ भन्ने कुरामा खासै ध्यान दिन जरुरी नरहेको उनको भनाइ छ । उनी संसदीय दलमा उठ्छन वा उठ्दैनन् त्यो पछिको कुरा हो तर उनी अहिले प्रधानमन्त्री बन्ने प्रक्रियाको सेमिफाइनलमा भने पुगेका छन् । उनले सेमिफाइनलमा जित निकालेर फाइनल पुग्छन् वा सेमिफाइन मै रोकिन्छन त्यो भने मंसिर महिना भित्रै जानकारी हुनेनै छ ।

जनताले जिताएर पठाएको ठाउँबाट उनले संसदीय दलको नेता जितेको खण्डमा पनि उनी प्रधानमन्त्री नै बन्ने भन्ने निश्चित हुने छैन् । किन भने यो चुनावमा कुनै एक पार्टीको बहुमत आउने सम्भावना नै छैन् । गठबन्धन बनाएर सरकार बनाउनु पर्ने अवस्थामा यहि व्यक्ति प्रधानमन्त्री बन्छ भन्ने सम्भावना कम छ । संसदीय राजनीतिमा सबै कुरा सम्भव हुने भएकाले उनका लागि सेमिफाइनका रुपमा रहेको संसदीय दलको नेता र त्यस पछि फाइनका रुपमा हुने प्रधानमन्त्री चुनिने कुरा अब आम मतदाताभन्दा पनि संसदमा निहीत हुने छ ।

अहिल चुनावमा गठबन्धन गरेका दलहरु एकै ठाउँमा उभिन्छन नै भन्ने पनि कुनै ग्यारेन्टि छैन् । त्यसमा पनि गठबन्धनका अन्य दलका शिर्ष नेताहरु पनि प्रधानमन्त्रीका आकांक्षि रहेका छन् । यो अवस्थमा उनलाई प्रधानमन्त्री बन्नका लागि निकै पापड पेल्नु पर्ने देखिन्छ ।


Krishi Bikas Bank
franklin 1200*150