नाफा आर्जनमा दुई बैंकको प्रतिस्पर्धा, कुन बैंकको नाफा कति ?

1.66K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ चैत । अहिले वाणिज्य बैंकहरुको संख्या २२ वटा रहेको छ । २२ वटै बै‌कले चालु आर्थिक वर्षको सात महिनाको नाफाको विवरण सार्वजनिक गरेका छन् । २२ वटा बैंकमध्ये नाफा आर्जन गर्नेमा भने दुई बैंकबिच कडा प्रतिपस्र्धा देखिएको छ । माघ मसान्तसम्म सबैभन्दा बढी नाफा आर्जन गर्नेमा नविल बैंक रहेको छ ।

नविल बैंकले ७ महिनाको अवधिमा ४ अर्ब १३ करोड २६ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । तर दोस्रो धेरै नाफा कमाउने बैंकमा भने एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंक बिच तिब्र प्रतिपस्र्धा देखिएको छ । यो अवधिमा एनआईसी एशिया बैंकको नाफा ३ अर्ब ६७ करोड ८९ लाख बढी रहेको छ भने ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ५५ करोड ३५ लाख रुपैयाँको हाराहारीमा रहेको छ । त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा यो अवधिमा ३ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा वाणिज्य सबै वाणिज्य बैंकहरुको नाफा ४१ अर्बभन्दा बढी रहेको छ । २२ वाणिज्य बैंकहरुले माघ मसान्तसम्म ४१ अर्ब ५ करोड ६६ लाख ५० हजार रुपैयाँ नाफा कमाएका हुन् ।

चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ३ वटा बैंकहरुको नाफा ३ अर्ब रुपैयाँ भन्दा कम रहेको छ । ३ अर्बभन्दा कम नाफा आर्जन गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । माघ मसान्तसम्म इन्भेष्टमेन्ट मेगाको नाफा २ अर्ब ७० करोड ३० लाख २० हजार रहेको छ । त्यस्तै एनएमबि बैंकको नाफा २ अर्ब २ करोड २३ करोड ५७ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब २ करोड ३२ लाख ८० हजार रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

माघ मसान्तसम्मको ७ महिनाको अवधिमा १२ वटा बैंकहरुको नाफा २ अर्बभन्दा पनि कम रहेको छ । जसमा प्राइम बैंकको नाफा १ अर्ब ९९ करोड ७८ लाख ३० हजार, एभरेष्ट बैंकको नाफा १ अर्ब ८८ करोड ३४ लाख ५० हजार, नेपाल बैंकको नाफा १ अर्ब ७० करोड ६ लाख ६१ हजार रुपैयाँ रहेको छ । त्यस्तै प्रभु बैंकले ७ महिनाको अवधिमा १ अर्ब ६६ करोड २० हजार रुपैयाँ, सानिमा बैंकले १ अर्ब ५३ करोड ३७ लाख ४० हजार, कुमारी बैंकले १ अर्ब ५३ करोड रुपैयाँ र सिद्धार्थ बैंकले १ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाउन सफल भएका छन् । त्यस्तै नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, हिमालयन बैंकले १ अर्ब २९ करोड ८३ लाख ४० हजार, लक्ष्मी बैंकले १ अर्ब २८ करोड, माछापुच्छ«े बैंकले १ अर्ब १७ करोड ८६ लाख र सिटिजन बैंकले १ अर्ब २ करोड ३३ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

७ महिनाको अवधिमा तीन वटा बैंकहरु भने अर्ब क्लबमा पुग्न असफल भएका छन् । अर्ब क्लबमा पुग्न नसक्ने बैंकमा सनराइज, सिभिल र कृषि विकास बैंक रहेका छन् । यो अवधिमा कृषि विकास बैंक सबैभन्दा कम नाफा कमाउने बैंक हो । यो बैंकले १० करोड मात्रै नाफा कमाएको देखिएको छ । त्यस्तै सनराइज बैंकको नाफा ८६ करोड र सिभिल बैंकको नाफा ७७ करोड ७० लाख ८० हजार रुपैयाँ रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150