कसरी डुबे नेपालको अर्थतन्त्रभन्दा ९ गुणा बढी सम्पत्ति भएका बैंकहरु ? (भिडियो सहित)
वि.सं.२०७९ चैत १ बुधवार ०६:१८
shares
काठमाडौं, ३० फागुन । केही दिनको अन्तरालमा अमेरिकाका २ ठूला बैंक डुबे । विश्व अर्थतन्त्रै निकै ठूलो हिस्सा ओगट्ने अमेरिकामा बैंकहरु एका–एक कोल्याप्स हुँदा विश्व अर्थतन्त्रै नै तरङगीत बन्न पुग्यो । अमेरिकामा २००८ पछिको वित्तीय संकटका कारण सानो पुँजी भएका बैंकहरु बन्दै हुँदै आइरहेका थिए । ती विषयले धेरै प्राथमिकता पनि पाएनन् । तर पछिल्लो केही दिनमा डुबेका बैंकहरुको सम्पत्ति निकै ठूलो छ । अहिले संकटमा पुगेका बैंकको सम्पत्ति नै नेपालको समग्र अर्थतन्त्रभन्दा ९ गुणा बढी छ । यो अवधिमा २ खर्ब ९ अर्ब अमेरिकी रुपैयाँ सम्पत्ति भएको सिलिकन भ्याली बैंकको अस्तित्व कोल्याप्स भयो ।
सिलिकन भ्याली बैंकमा अघिल्लो वर्षको अन्तिमसम्म २ खर्ब ९ अर्ब अमेरिकी डलर रहेको थियो । यो बैंकमा १७५ अर्ब डलरको स्वदेशी र १४ अर्ब डलर विदेशी निक्षेप रहेको थियो । ४० वर्ष पुरानो बैंक एका–एक धराशायी बन्दा अमेरिकाको अर्थतन्त्रमा नै ठूलो प्रभाव परेको छ । यो अमेरिकाको १६ औँ ठूलो बैंक थियो । संकटग्रस्त बनेको अर्को बैंक हो सिग्नेचर बैंक । जुन बैंकको सम्पत्ति १ खर्ब १८ अर्ब अमेरिकी डलर रहेको थियो । यो बैंकमा ९० अर्ब डलरको निक्षेप रहेको थियो । यी दुई वटा बैंकभन्दा सानो बैंक सिल्भरगेट क्लिप्टोलाई पनि त्यहाँको नियामक निकायले नियन्त्रण लियो । यो बैंकको सम्पत्ति १६ अर्ब डलर रहेको थियो । अरु बैंकको भन्दा कम सम्पत्ति भएकाले यो बैंकको धेरै चर्चा भएन ।
यी तीन वटा बैंकको सम्पत्ति मात्रै जोड्दा नेपालको अर्थतन्त्रभन्दा ९ गुणा धेरै हुन्छ । यी तीन वटा बैंकको सम्पती ३ खर्ब ४३ अर्ब डलर हुन्छ । यी बैंकहरु पाँच दिनको अन्तरमा टाट पल्टीए । सिलिकन भ्यालिको सम्पती मात्रै पनि नेपालको अर्थतन्त्रभन्दा ५ गुणा ठूलो हो ।
यो बैंकले क्रिप्टो स्टार्टप र भेन्जर क्यापिटलमा लगानी गरेको थियो भने सिक्नेचर र सिलभर गेट बैंक क्रिप्टाका मुख्य लगानीकर्ता थिए । यी बैंकहरुलाई अमेरिकी बैंकिङ प्रणालीको केन्द्रीय निक्षेप सुरक्षण निकायले नियन्त्रणमा लिइसकेको छ । यो निकायले बैंकमा रहेको सुरक्षित निक्षेप रिलिज गर्ने जनाइसकेको छ । सिलिकन भ्यालीको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको यो बैंक कंगाल भएसँगै अरु बैंकहरुमा पनि चुनौति थपिएको छ ।
यत्रो ठूलो बैंकलाई केही समय पनि लागेन टाट पल्टीनका लागि । प्रविधि क्षेत्रको मन्दी र संस्थागत निक्षेपकर्ताको अविश्वासका कारण यो बैंक केही क्षणमा नै टाट पल्टियो । सन् २००८ मा घरजग्गामा लगानी बढ्दा अमेरिकामा बैंक डुब्न थालेका थिए । जसको प्रभाव विश्वरको वित्तीय क्षेत्रमा नै परेको थियो । अहिले प्रविधि क्षेत्र त्यसमा पनि क्रिप्टो क्षेत्रमा देखिएको समस्याले फेरि त्यही समस्या दोहोरीने जोखिम पनि बढेको छ ।
पछिल्लो समय मूल्यवृद्धिसँग जुध्नका लागि अमेरिकी केन्द्रीय बैंकले निरन्तर रुपमा ब्याजदर बढाएपछि सिलिकन भ्यालि बैंकमा समस्या उत्पन्न भएको थियो । सिलिकन भ्याली बैंकले त्यस्तो ठाउँमा लगानी गरेको थियो जुन क्षेत्रमा ब्याजदर बढ्ने वित्तीयकै कम्पनीको सम्पत्ति घट्यो । जसका कारण यो बैंक ५ घण्टा भित्र कोल्याप्स भयो । संकटलाई समाधान गर्नका लागि बैंकले विभिन्न स्टार्टप र भेन्चर क्यापिटलहरुबाट पैसाको व्यवस्था गरेको थियो । तर निक्षेपकर्ताहरुले आफ्नो निक्षेप झिकेपछि बैंक टाट पल्टीयो ।
बैंकलाई अन्तिम समयमा २ अर्ब २५ करोड डलर रकम जुटाउनु पर्ने थियो । बैंकले उक्त रकम जुटाउने घोषणा गर्ने वित्तिकै बैैंकमा निक्षेपकर्ताहरु रकम झिक्नका लागि लाइनमा बसे । निक्षेपकर्ताहरु आत्तिएर रकम निकाल्न सुरु गरेपछि अवस्था यस्तो बन्यो कि बैंकले समाधानका लागि कुनै मौका समेत पाएन ।
सिलिकन भ्याली बैंकसँगै सिल्भरगेट क्लिप्टो बैंक पनि कोल्याप्स भयो । परम्परागत बैंकहरूले यो बैंकसँग कारोबार नगरेका कारण यो बैंक संकटमा परेको विश्लेषण गरिएको छ । क्रिप्टोमा लगानी गर्ने यो बैंकमा जोखिम बढेपछि सबै तिरबाट सहकार्य पाउन छाडेको थियो ।








