बैंक वित्तीय संस्था बिरुद्ध आन्दोलन र यसका पाटाहरु

क्षितिज पाँडे

7.01K
shares
Krishi Bikas Bank

काठमाडौं, २१ माघ । आफुले गरेका गल्ति लुकाउन अरुलाई दोष दिएर पन्छिने आम नेपालीको चरित्र हो । अचेल केहि व्यक्ति, समूह लागि परेका छन् बैंकले लुट्यो, डुबायो, आत्महत्या गर्ने अवस्थामा पुर्‍यायो इत्यादि इत्यादि । यो बिषयमा मलजल गर्न, गल्लि गल्लीमा बसेर एउटा कम्प्युटर लिएर काम भएको अवस्थामा फोटोकपी, टाइपिङ्ग काम गरिदिने नभए अर्कोले छापेको हुबहु छापेर आफूलाई अनलाइन मिडिया भन्ने मिडियावाजहरु । तर, सत्य के हो भन्ने तर्फ कसैको ध्यान गएकै छैन ।

कागले कान लग्यो भनेर पछि पछि दौडने बाहेक कसैले केहि सोचेकै छैन, न त कसैले सोच्नु पर्छ भन्ने नै ठानेका छन् । राज्यका सबै संयन्त्र थिलथिलो बनाएपछि अबको पालो बैंकको भनेर बन्दुक यता तर्फ सोझ्याएको हो भन्ने कुरामा कुनै शंका छैन । बैंक वित्तीय संस्था टार्गेट गरिएका छन् । बैंक वित्तीय संस्था विरुद्ध आन्दोलनको घोषणा गर्ने क्रम बढ्दो छ । ब्याज तिर्दैनौ भनेर जिल्ला व्यापी आन्दोलनको घोषणा गर्ने क्रम जारी छ । तर के बैंकले ज्यादती नै गरेका हुन् त भनेर सोच्ने फूर्सद कसैलाई छैन ।

राज्य र शासन प्रणालीले निम्त्याएको अब्यबस्था, त्यहि अव्यवस्थित अब्यबस्थाको फाइदा उठाएर धनि बनेका केहि सिमित व्यक्तिका साथै यस्तो अव्यवस्था हुँदा पनि कमाउन नसकेको वर्गहरु नियोजित रुपमा बैंक वित्तीय संस्था तर्फ औंला उठाउँदैछन् ।

बैंक वित्तीय संस्थाले कसैलाई जवर्जस्ती ल्याप्चे हान्न लगाएर ऋण बोकाएको होइन र छैन पनि । ऋणीले बैंक वित्तीय संस्था समक्ष प्रस्तुत गरेको वित्तीय विबरण र सो को अनुमान÷आंकलनको आधारमा लगानी गरेको हो । म÷हामीलाई ५/१०/१५/२० बर्ष पछि कर्जाको आवश्यकता पर्दैन भनेर पेश गरिएको वित्तीय विवरणको आधारमा लगानी गरिएको हो ।

ऋणीले बैंक समक्ष पेश गरेको वित्तीय विवरण/पूर्वानुमान, कर्जा चुक्ता गर्ने श्रोत एव विकल्पहरु भनेकै एउटा अवस्थामा पुगेर कर्जा चुक्ता हुन्छ भन्ने उदघोष हो । बैंक वित्तीय संस्थाले लगानी गर्नुभन्दा अगाडि ऋणीले प्रस्तुत गरेको आम्दानीको श्रोतमा, परियोजनाको सफलता एव सपन्नतामा प्रश्न गर्दा टाउको कन्याएर “अरुपनि श्रोत छ आम्दानीको, यहाँ देखाउन नमिलेर भन्दै” लिएको कर्जा तिर्ने श्रोत आज कहाँ गयो ?

विरोधका लागि विरोध गर्न सजिलो हुन्छ तर, आफुले बोक्न सक्ने भन्दा ठुलो भारि लिएर हिड्दा यो सब सोचिएन ? कर्जा लिएपछि तिर्नु पर्छ भन्ने सोचिएन ? जुन प्रयोजनको लागि उपलब्ध गराईएको हो त्यहि प्रयोजनमा कति प्रतिशत कर्जा बास्तबमै लगानी गरियो ? रातारात धनी बन्न एउटा प्रयोजन वा व्यवसाए देखाएर शेयर बजार र जग्गामा कारोबार गर्ने को ? अहिले व्याज धेरै भयो भनेर नारा लगाउँदा, पहिले ब्याजदर कम हुँदा धेरै नाफा कमाए वापत बैंकलाई तोकिए भन्दा बढि व्याज बुझाउने कोहि थियो र ? या बैंकले धेरै कमाउनु भयो धेरै तिर्नुस भनेर असुलेको रेकर्ड छ र ?

बैंक वित्तीय संस्थामा काम गर्ने कर्मचारी साहुलाई मात्रै नाफा गराउन बसेको भन्ने आरोप लगाईन्छ तर, के अर्बौँ लगानी गरेर खोलेको व्यवसायबाट नाफा नखोज्ने ? सामाजिक सेवा मात्रै गरेर आफ्नो सम्पत्ति लुटाउन कोहि बसेको छैन । अर्बौंको लगानीमा १०/१५ प्रतिशत मुनाफा खोज्नु जायज हो । नत्र, मेरो सम्पत्ति मिलेर बाँडेर खाउ भनेर छोडिदिए भैगो नी ! यहाँ कुरा नाफाको मात्रै होइन, बैंक बित्तिय संस्थामा कार्यरत करिब ५५ हजार कर्मचारी र उनीहरुको परिवारको रोजिरोटिको सबाल हो यो । हामीले साहुलाई नाफा गराउन कहिँ कसैलाई ज्यादती गरेका छैनौ, गर्दैनौ पनि । तर, नियोजित रुपमा हुने आक्रमण र वक्तब्य बाजिले निरुत्साहित गराउन कसैले खोज्यो भने सधै चुप लागेर सहेर बस्छौं भन्ने पनि होइन ।

बैंक वित्तीय संस्थाले बुझाउने कर, सरकारको आम्दानीको अब्बल श्रोत हो । बैंक आफैले वार्षिक ३० प्रतिशत कर भुक्तानी गर्छ, फेरी बैंकका कर्मचारीले ३६ प्रतिशत सम्म कर तिर्छन । अरु कुन व्यवसाय छ, जसमा यति पारदर्शी रुपमा कर प्रणालि लागु भएको छ ? तैपनी, किन बैंक वित्तीय संस्था सधै आक्रमणको सिकार बन्नु पर्ने ?

बैंक वित्तीय संस्था माथि औंला उठाउनु अघि भुक्तानी सन्तुलन कुन अवस्थामा छ ? सरकारको आम्दानी र खर्च कुन अनुपातमा र कुन कुन क्षेत्र मा छ ? विगतका केहि बर्षदेखि पुँजीगत खर्चको अवस्था के छ ? बजारमा तरलता अभाव हुनुको कारण के हो ? कसले केहि बुझेको छ ? हामी कसैलाई दुःख दिन वा आत्महत्या गर्न बाध्य पार्न बसेको होइनौँ । कर्जा लिंदाका बखत ऋणीले बैंकसँग गरिदिएको करारनामामा उल्लेखित शर्त र बन्देजहरुका आधारमा सो को अधिनमा रहि आफ्नो पेशा गरेका हौँ ।

प्रत्येक बैंक तथा वित्तीय संस्था नोट छाप्ने मेशिन लिएर बसेको छैन । बैंकले गर्ने लगानी व्यक्ति÷संस्थाबाट प्राप्त निक्षेप नै हो । आफ्नो मात्रै अधिकारको कुरा गर्नेले, निक्षेप राख्नेले समयमै पाउनु पर्छ र त्यो उसको अधिकार हो भन्ने कुरा बुझ्नु पर्दैन ? बैंक बित्तिय संस्था चाहिएको कारण नै यहि हो ।

व्यक्तिगत लगानी गरियो भने आज लिएर भोलि तिर्दिन भन्ला भनेरै बैंकमा निक्षेप राख्ने हो । निक्षेपकर्ताहरुले आफुले खाइ नखाई जम्मा गरेका पैसाको विश्वास कायम राख्न, बैंकिङ प्रणाली र यसको साख जोगाइ राख्न हामी कानूनले दिएको अधिकार प्रयोग गर्न हिच्किचांउँदैनौ ।

हिजो कर्जा लिंदाका बखत कानको छाप सिलिङ्गमा लगाउने व्यवस्था गरेको भए, त्यहाँ छाप लगाएर भएपनि उपलब्ध गराउन कर्जा दरखास्त फारम भरेर उपभोग गरेका कर्जा आज तिर्दिन भनेर बैंक विरुद्ध आन्दोलन गर्ने धम्कीले कुनै काम गर्ने वाला छैन । यो सम्बन्धमा आदरणिय गभर्नर ज्युले सार्वजनिक समारोहमै स्पष्ट पारिसक्नु भएको छ । “ऋण लिएर तिर्दिन भन्नु अराजकताको पराकाष्ठ हो ।” त्यसैले समयमा कर्जा तिर्नु बाहेक कुनै विकल्प छैन । नारा लाएर ऋण तिर्न नपर्ने भए सबैले ऋण लिएर त्यसै गर्थे । बैंकमा भएको पैसा सार्वजिनक सम्पत्ति हो, नतिरी सुख छैन । ऋण चुक्ता गर, तिम्रा नारा चाहिएन ।


Krishi Bikas Bank
franklin 1200*150