डिलमा पुगेको अर्थतन्त्रलाई सहि दिशामा ल्याउनु पर्ने चुनौति छ : अर्थमन्त्री पौडेल

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, ४ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको अर्थतन्त्र दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको ‘अर्थतन्त्रः अवको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले अर्थतन्त्र अहिलेको अवस्थामा पुग्नु निकै चिन्ताको विषय भएको बताएका हुन् ।

अहिले अवस्थाभन्दा जटिल अवस्थामा पनि अर्थतन्त्रमा यस्तो प्रभाव नपरेको भन्दै अहिले देखिएको अवस्थाले निकै चिन्ता थपिएको उनको भनाइ थियो । ‘भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु निकै चिन्ताको विषय हो,’ उनले भने । अर्थतन्त्र सुधार गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको उनले बताए । अहिलेको समस्या आउनुको मुख्य कारण पहिलाएर समाधानको बाटोको खोजिमा आफू रहेको उनको भनाइ थियो ।

पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभाव लगायतका समस्या रहेको भन्दै उनले यसको समाधान गर्न तर्फ सरकार लागि रहेको उनले जानकारी दिए । त्यस्तै अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए । सरकार निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्नका लागि तयार रहेको पनि उनले बताए । साथै निजी क्षेत्रले आरोप प्रत्यारोप गर्नभन्दा पनि समस्या पहिचान र समाधानका लागि सरकारलाई सहयोग गर्नु पर्ने उनको भनाइ थियो ।


Krishi Bikas Bank
franklin 1200*150