नयाँ सरकारसँग व्यवसायी सकारात्मक, आन्दोलनका कार्यक्रम स्थगित

1.55K
shares
Krishi Bikas Bank

काठमाडौं, १३ पुस । विभिन्न माग राख्दै आन्दोलनरत व्यवसायीहरुले तत्काललाई आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । नयाँ सरकार माग सम्बोधन गर्ने विषयमा सकारात्मक बनेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलपछि उद्योगीहरु सरकारप्रति सकारात्मक देखिएका हुन् । अर्थमन्त्रीसँगको भेटपछि पत्रकार सम्मेलन गरेर व्यवसायीहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएका हुन् । विभिन्न ६ वटा वाणिज्य संघहरुले वार्तापछि सरकार माग सम्बोधन गर्न सकारात्मक रहेको भन्दै आन्दोलन रोक्ने निर्णय गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं सहित विभिन्न जिल्ला नगर संघका अध्यक्षहरुले संयुक्त रुपमा पत्रकारसम्मेलन गरेर आन्दोलन रोकिएको जानकारी दिए । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीका माग सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए । ‘व्यवसायीका समस्या प्रति सरकार, अर्थ मन्त्रालय गम्भीर रहेको र सरकारले छिटो भन्दा छिटो समस्या समाधानका लागी प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले भने । अर्थमन्त्रीसँगको वार्तामा पौष २८ गते भित्र ब्याज भुक्तानी तिर्ने समय थप गर्ने, र पुनरकर्जामा क्रमिकता दिन छिट्टै निर्णय हुने प्रतिबद्धता व्यक्त भएको उनको भनाइ छ ।

अर्थमन्त्रीसँगको वार्तापछि मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपाने, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी र उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले संयुक्त विज्ञप्ति जारी गर्दै अन्य संघहरुलाई वार्ता बारे भएको सहमति र आन्दोलन स्थगन गर्ने निर्णयबारे जानकारी गराएका हुन् ।


Krishi Bikas Bank
franklin 1200*150