बैंक कर्मचारी माथि कुटपिट हुनु दुखद् : वरिष्ठ उपाध्यक्ष ढकाल

1.48K
shares
Krishi Bikas Bank

काठमाडौं, ५ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि बैंकको विरोध नगर्न आग्रह गरेका छन् । उनले हुँदै नहुने कुरा नगर्न सबै व्यवसायीसँग अनुरोध गरेका हुन् ।

गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभामा बोल्दै ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरु सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताए ।

उनले बैंकको ब्याजदर अर्थतन्त्रका धेरै पक्षहरुले निर्धारण गर्ने हुँदा कुनै एक बैंकको व्यवस्थापकलाई कुटपिट गर्दैमा यो समस्याको समाधान नहुने पनि बताए ।

उनले महासंघको आगामी ५७औं अधिवेशनमा विभिन्न पदमा प्रत्यासी साथीहरुलाई सस्तो लोकप्रियताका लागि गैरजिम्मेवार र हुनै नसक्ने कुरा नगर्न आग्रह गरेका छन् ।


Krishi Bikas Bank
franklin 1200*150