ऋणीलाई बैंकर्स संघको राहत, घट्यो बचतको ब्याजदर

1.68K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ फागुन । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संगठन नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ । संघको बिहीबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

संघका कार्यकारी निर्देशक अनिल शर्माले बचत निक्षेपको ब्याजदर ०.४२ प्रतिशतले घटाउने निर्णय भएको जानकारी दिए । योसँगै आगामी चैतदेखि बैंकका बचतकर्ताले पाउने ब्याजदर घट्नेछ । यसको असर भने ऋणको ब्याजदरसम्म पर्नेछ । अर्थात ऋणको ब्याजदर पनि घट्ने छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर महंगो भएको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलित छन् । संघको यो निर्णयले ऋणीलाई राहत पुगेको छ । बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्वाचित भए लगत्तै पनि संघले ब्याजदर घटाउने निर्णय गरेको थियो ।

संघले बचतको ब्याजदर घटाएपनि मुद्दति निक्षेपको ब्याजदर भने यथावत राखेको छ । मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत रहेको छ । बचतको ब्याजदर घटेपछि बैंकको लागत पनि घट्छ । यसले आगामी चैत पछि ऋणको ब्याजदर समेत घट्ने कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।


Krishi Bikas Bank
franklin 1200*150