शेयर बजारमा भारी गिरावट, १ अर्ब ३९ करोडको कारोबार
वि.सं.२०७९ फागुन २१ आइतवार १५:२९
shares

काठमाडौं, २१ फागुन । साताको पहिलो कारोबारको दिन नै शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३० दशमलव ७७ अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक १ दशमलव ५६ प्रतिशतले ओरालो लागेर १,९३८ दशमलव २५ को विन्दुमा कायम भएको छ । नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८६ अंकले घटेको छ ।
आज १८ कम्पनीको शेयर मुल्य बढेको छ भने १९६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफको प्रोमोटर शेयर ३ करोड ८९ लाखको कारोबार भएको छ ।








