जीवन विकास लघुवित्तको लाभांश संशोधन

1.27K
shares
Krishi Bikas Bank

काठमाडौं, २१ फागुन । जीवन विकास लघुवित्तको लाभांश संशोधन भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट यस अघि घोषणा गरेको लाभांशमा संशोधन गरेको हो ।

लघुवित्तले फागुन ६ गतेको निर्णयबाट २८ प्रतिशत बोनस शेयर र ९.३६८६ प्रतिशत नगद लाभांश गरी ३७.३६८४ प्रतिशत बोनस दिने निर्णय गरेको थियो । तर नेपाल राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले लाभांश संशोधन गरेको हो । अब लघुवित्तले २६ प्रतिशत शेयर बोनस र ७.१५ प्रतिशत नगद गरी कुल ३३.१५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

संशोधन गरिएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर लघुवित्तको साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।


Krishi Bikas Bank
franklin 1200*150