कृषि विकास बैंकको साधारणसभा चैत १४ गते, लाभांशको प्रस्ताव पारित गर्ने

1.33K
shares
Krishi Bikas Bank

काठमाडौं, १९ फागुन । कृषि विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारणसभा चैत १४ गते गर्ने भएको छ । कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कृषि विकास बैंकको केन्द्रिय कार्यालय तलिम प्रतिष्ठान बोडे, भक्तपुरमा गर्ने कम्पनीले जानकारी दिएको हो ।

सभाले ११ प्रतिशत नगद लाभांश ( कर सहित) र २ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले अग्राधिकार शेयरधनीलई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन ३० गते देखि चैत १४ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा फागुन २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।


Krishi Bikas Bank
franklin 1200*150