नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन

1.36K
shares
Krishi Bikas Bank

काठमाडौं, १९ फागुन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।

यसअघि प्रस्ताव गरिएको ३८ दशमलव ५५ प्रतिशत बोनस शेयर संशोधन गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ । अब यसले शेयरधनीलाई हाल कायम चुक्ता पूँजी रू. ५८ करोड ६६ लाख बराबरकोे ३४ दशमलव ४५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंक र कम्पनीकोे आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।


Krishi Bikas Bank
franklin 1200*150