राष्ट्र बैंकले भन्यो– जनयुद्ध दिवसमा अत्यावश्यक सेवाका लागि बैंक खोल्नू
वि.सं.२०७९ फागुन १ सोमवार ०८:००
shares

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले जनयुद्ध दिवसको दिन अर्थात फागुन १ गते अत्यवाश्यक कामका लागि आंशिक रुपमा बैंक खुला गर्न निर्देशन दिएको छ । सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि सोमबार देशभर सार्वजनिक बिदा दिने निर्देशन दिएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले जनयुद्ध दिवसका दिन चेक क्लियरिङ, नगद कारोबार र आरटीजीएस कारोबार केहीबेर खोल्न भनेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार अत्यावश्यक सेवाका लागि विहान १०ः०० बजेदेखि १ः३० बजेसम्म बैंक खुला गर्न सकिनेछ । सोमबार अत्यावश्यक बाहेकका कामका लागि र पुरा अवधि भने बैंकहरु खुला हुने छैनन् ।








