एनएमबी लघुवित्तले ल्यायो किसान लक्षित कार्यक्रम

1.42K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ माघ । एनएमबी लघुबित्त वित्तीय संस्था लिमिटेडले सम्पत्ती शुद्धीकरण निवारण लगायतको कर्मचारी क्षमता अभिबृद्घि तालिम रणनीतिक योजना तर्जुमा गर्न तीन दिवसीय तालिम कार्यक्रम हालै पोखरामा सम्पत्र गरेको छ ।

सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुखहरु, क्षेत्रिय व्यवस्थापकहरु, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरु सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकहरुको सबै आवश्यकता सम्वोधन हुने गरी किसान श्रृंखलाको कर्जाहरु सार्वजनिक गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द पाण्डेले लघुवित्तबाट कर्जा लिएकै कारण कृषकहरु थप गरिब हुन नहुने नारा सहित किसान श्रृंखला अन्तरगत विभिन्न कर्जाहरु ल्याइएको बताए । नाफा मुलक परियोजनाको पहिचान गरि लगानीलाई पूर्ण सदुपयोग गरेको खण्डमा कृषकको आयस्तर बढ्नुका साथै कर्जा भुक्तानीमा कहिले समस्या नआउने उनले थपे । संस्थाले प्रत्येक कर्जालाई बीमाको माध्यमबाट थप सुरक्षित बनाउने योजना रहेको छ ।

थप जानकारी लिने क्रममा, संस्थाका प्रमुख व्यवसाय अधिकृत कमल पोख्रल संग बुझ्दा कृषकको आत्मा सम्मान सुनिश्चीत गरी परियोजनालाई सफलता पुर्वक कार्यान्वयन हुने गरि किसान आत्मनिर्भर कर्जा, पूर्ण रुपमा कृषिमै आधारित आयमा निर्भर भए पनि पर्याप्त कृषि योग्य जग्गा नभएको कारण ज्याला मज्दुरी गर्न बाध्य रहेका किसानहरुलाई खेतियोग्य जग्गा खरिद गर्न किसान स्वाभिमान कर्जा साथै कृषि पूर्वाधार निर्माण, वातावरण संरक्षण, आकस्मिक पैंचो गरी संस्थाले यो श्रृंखला अन्तरगत पाँचवटा कर्जाहरु प्रोडक्टहरु ल्याएको जानकारी दिए ।

आगामी १५ दिन भित्र संस्थाका सबै कर्मचारीहरुलाई यस श्रृंखला अन्तरगतका कर्जाहरुको तालिम सम्पन्न गरि यो योजना पूर्ण रुपमा लागु गर्ने संस्थाले लक्ष्य लिएको छ ।


Krishi Bikas Bank
franklin 1200*150