स्थानीय स्तरमा भएको उत्पादनमा जोड दिन आवश्यक छ : पूर्व उपाध्यक्ष श्रेष्ठ

1.61K
shares
Krishi Bikas Bank

काठमाडौं, २२ माघ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्थानीय स्तरमा भएको उत्पादनमा जोड दिनु पर्ने बताएका छन् । सल्यान उद्योग वाणिज्य संघको ११औं साधारणसभामा बोल्दै पूर्व उपाध्यक्ष श्रेष्ठले बाहिरबाट ल्याएको वस्तु बिक्री गर्नेभन्दा पनि आन्तरिक उत्पादनलाई ध्यान दिनु पर्ने बताएका हुन् ।

कृषि प्रधान देश भएकाले कृषिलाई पनि प्रर्वद्धन गर्नु पर्ने उनको भनाइ छ । ‘सल्यानमा अदुवा उत्पादन हुन्छ यसमा भ्यालु एड गरेर बेच्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘हाम्रोमा माटो सहितको अदुवा आउँछ । त्यसलाई सफा गरेर बजारमा पठाउन सक्यो भने पनि केही आम्दानी अवश्य हुन्छ ।’

जिल्लामा भएको उत्पानमा बढी महेनत गर्नु पर्ने पूर्व उपाध्यक्ष श्रेष्ठको भनाइ थियो । ‘नेपाल विश्वमा सबैभन्दा बढी तोरी उत्पादन गर्ने देश भएछ । नेपालले २ लाख २० हजार टन तोरी उत्पादन गरेछ । तर हामी सबैभन्दा बढी खाने तेल आयात गछौँ । यो अवस्था आउनुको मुख्य कारण नेपाल सरकारको अर्थनीति हो,’ उनले भने ।


Krishi Bikas Bank
franklin 1200*150