बढेर आयो डिजेल र पेट्रोलको भाउ, ग्यासमा भने ७५ रुपैयाँले घट्यो

1.4K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ माघ । भारतबाट आएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल ८ रुपैयाँ १ पैसा र डिजेल ७ रुपैयाँ ९८ पैसा बढेर आएको हो ।

त्यस्तै मट्टितेल ४ रुपैयाँ ६० पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगमले जनाएको छ। आइओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ ।

सबैको पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । अहिलेको मूल्यमा निगमलाई ग्याँसमा प्रति सिलिन्डर २८० रुपैयाँ घाटा रहेको छ ।

निगमलाई एलपीजीमा मात्र १५ दिनको घाटा ५५ करोड रुपैयाँ छ । विगत तीन महिनादेखि नाफामा रहेको निगमलाई अहिलेकै मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा १५ दिनमा ८ करोडभन्दा बढी घाटा लाग्ने निगमले जनाएको छ ।


Krishi Bikas Bank
franklin 1200*150