३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो बजार भाउ ?
वि.सं.२०७९ माघ १६ सोमवार १२:२०
1.54K
shares
shares

काठमाडौँ, १६ माघ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय पुगेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य १ लाख ५ हजार ५ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।








