हिमालयन उर्जा विकास कम्पनीले हकप्रद शेयर जारी गर्ने

1.33K
shares
Krishi Bikas Bank

काठमाडौं, १५ माघ । हिमालयन उर्जा विकास कम्पनीले लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृती लिई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनेछ ।
त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछिमात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद शेयर निष्काशन पश्चात प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय पनि सो बैठकले गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. ९९ करोड रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150