राष्ट्र बैंकले गर्यो विप्रेषण विनियमावली २०६७ खारेज
वि.सं.२०७९ माघ १३ शुक्रवार १५:१९
shares

काठमाडौं, १३ माघ । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गरेको छ । राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ लाई खारेज गर्दै विप्रेषण विनियमावली २०७९ जारी गरेको हो ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको माघ ३ मा बसेको बैठकबाट नयाँ नियमावली स्वीकृत गरेको हो । राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले नयाँ नियमावली बमोजिम गर्न गराउनको विप्रेषण कारोबार गर्ने सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी गरेको जनाएको छ ।








