सरकारी राजस्व तिर्दा लाग्ने शुल्क घट्यो

1.57K
shares
Krishi Bikas Bank

काठमाडौं, ११ माघ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्ना आरपीएस तथा कनेक्ट आईपीएसका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ ।

आरपीएस मार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब रु. १०,००० सम्मको भुक्तानी मा रु. २ र सो भन्दा माथी रु. २० लाख सम्मको भुक्तानीमा रु. ५ कारोबार शुल्क लागू हुने भएको छ ।

हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्दछन् ।

कम्पनीका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एनसीएचएलका विभिन्न च्यानलहरु मार्फत सरकारी राजस्व भुक्तानीका रु ११४ अर्ब बराबरका ९ लाख ७० हजार भन्दा बढी भुक्तानी कारोबारहरु भएका छन् ।

एनसीएचएलले गत ५ वर्ष देखि सरकारी भुक्तानीहरु डिजिटाइज गर्न सरकारी निकाय सँग समन्वय गर्दै आएको छ भने गत आर्थिक वर्ष लगभग २०% जति राजस्व संकलन अनलाइन माध्यमबाट गराउन पनि सफल भइसकेको जनाएको छ । आगामी वर्षहरुमा यस्ता अनलाइन संकलन अभै बृद्धी हुने अपेक्षा कम्पनीले गरेको छ।

सरकारी राजस्व संकलनका निम्ति विभिन्न निकायहरुमा कनेक्टआईपिएस गेटवेको रुपमा पनि जोडिएको छ । हालै सो गेटवेमा मोबाइल बैंकिङ्ग वा वालेट एप मार्फत पनि स्क्यान गरी भुक्तानी गर्न सकिने गरी ल्भ्एब्ीएब्थ् त्तच् जडान गरिएको छ ।

भुक्तानीकर्ताले सरकारी राजस्व संकलन गर्ने निकायहरुका वेबसाइटबाट प्राप्त भएको कारोबार संकेत नम्बरको आधारमा च्एक् सँग जोडिएका मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, वालेटको एप, कनेक्टआईपिएसको वेबसाइट वा मोबाइल एप, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाहरु मार्फत सो भुक्तानी गर्न सक्दछन् ।


Krishi Bikas Bank
franklin 1200*150