स्वावलम्बन लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने

1.48K
shares
Krishi Bikas Bank

काठमाडौं, ५ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १० गतेदेखि १ लाख ५९ हजार कित्ता संस्थापक शेयर बिक्रीगर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता ५५५ अंकित मूल्य कायम गरी उक्त शेयर लिलामीमा ल्याउन लागेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य व्यक्ति तथा संघ(संस्थाहरूले माघ २४ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम कित्ताका लागि कुनै हद लाग्ने छैन ।

यो शेयर खरीदका लागि विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ २५ गते बिहान १० बजे खोलिने कार्यक्रम तय भएको छ ।


Krishi Bikas Bank
franklin 1200*150