ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

1.61K
shares
Krishi Bikas Bank

काठमाडौं, ५ माघ । ग्लोबल आईएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ८ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


Krishi Bikas Bank
franklin 1200*150