आरएसडिसी लघुवित्तको नाफा ६२ प्रतिशतले बढ्यो

1.32K
shares
Krishi Bikas Bank

काठमाडौं, ५ माघ । चालु आर्थिक वर्ष ७९/८० को दोस्रो त्रैमासमा आरएसडिसी लघुवित्तको खुद नाफा ६२.३४ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ४ करोड ८९ लाख रहेको थियो ।

यस अवधिमा कम्पनीको ब्याज आम्दानी ५६.३४ प्रतिशतले बढेर १४ करोड ७५ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा ५२.४४ प्रतिशतले बढेर १६ करोड ५१ लाख पुगेको छ । कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ५८ लाख रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख रहेको छ । कम्पनीले लिएको सापटी ५ अर्ब ३२ करोड रहेको छ भने ६ अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको सापटी र कर्जा प्रवाह क्रमश २४.०३ प्रतिशत र २२.०६ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ । कम्पनीको खराब कर्जा ०.८१ प्रतिशत रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150