राष्ट्र बैंकले १० अर्ब रुपैयाँको रिपो जारी गर्दै, भोलि बोलकबोल

1.33K
shares
Krishi Bikas Bank

काठमाडौं, ४ माघ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले बिहीबार १४ दिने रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो माघ १९ गते परिपक्व हुने यो रिपो भोलि दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

यसअघि राष्ट्र बैंकले गत पुस १४ गते ४५ दिने ५० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो। यो रिपो यही माघ २९ गते परिपक्व हुनेछ । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।


Krishi Bikas Bank
franklin 1200*150