वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले गर्यो रक्तदान कार्यक्रम

1.39K
shares
Krishi Bikas Bank

काठमाडौं, ४ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले विभागीय प्रमुखहरु गायत्री श्रेष्ठ र नारायण लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको रक्तदान कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय परिसरमा १४२ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै बैंकको १ नम्बर प्रादेशिक कार्यालय, बिराटनगरमा भएको रक्तदान कार्यक्रममा ६१ जना, मधेस प्रादेशिक कार्यालय, वीरगंजमा भएको रक्तदान कार्यक्रममा ४१ जना, गण्डकी प्रादेशिक कार्यालय, पोखरामा भएको रक्तदान कार्यक्रममा ७० जना, लुम्बिनी प्रादेशिक कार्यालय, नेपालगंजमा भएको रक्तदान कार्यक्रममा ४२ जना, कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतमा भएको रक्तदान कार्यक्रममा ४२ जना, सुदूर पश्चिम प्रादेशिक कार्यालय, धनगढीमा भएको रक्तदान कार्यक्रममा ३२ जना गरी कुल ४३० जनाले रक्तदान गरेका छन् ।

संयोजक एवं उपकार्यककारी अधिकृत विनयरमण पौडेलको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु पवन रेग्मी र दुर्गा कुमारी कँडेल, ट्रेड युनियनका अध्यक्षहरु, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, प्रभातफेरी कार्यक्रम आयोजना भैरहको छ । आगामी माघ १० गते बैंक ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गर्दै छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150