चन्द्र ढकालको समर्थन उमेशलाल श्रेष्ठलाई !
वि.सं.२०७९ पुस २३ शनिवार १८:३५
shares

काठमाडौं, २३ पुस । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि चार जना चुनावी मैदानमा उत्रने तयारी गरिरहेका छन् । बहालवाला तीन उपाध्यक्ष र एक पूर्व उपाध्यक्ष चुनावी मैदानमा उत्रने तयारी गरिरहेका बेला नयाँ अध्यक्षले कसलाई समर्थन गर्लान भन्ने चासो छ ।
अघिल्लो निर्वाचनमा ढकाललाई वरिष्ठ उपाध्यक्ष बनाउन उमेशलाल श्रेष्ठले निकै लागि परेका थिए । तर, यो पटक वरिष्ठ उपाध्यक्षमा ढकालले कसलाई समर्थन गर्लान भन्ने चासोका बिच ढकालले उमेशलाललाई नै समर्थन गर्ने स्पष्ट संकेत गरेका छन् । शनिबार सार्वजनिक कार्यक्रममै उनले महासंघको नेतृत्वमा कस्तो व्यक्ति लैजाने भन्ने विषयमा आफ्नो धारणा राखे ।
आगामी वरिष्ठ उपाध्यक्ष नै चन्द्र ढकाल पछिको अध्यक्ष हुनेछन् । ढकालको प्यानलबाटै उपाध्यक्ष जितेका रामचन्द्र संघई पनि चुनाव लड्ने मनसायमा छन् । आगामी अध्यक्षले वरिष्ठ उपाध्यक्षमा कसलाई समर्थन गर्छन भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ ।
नेपाल निर्यात परिषद्को २५ औँ वार्षिक साधारणसभामा बोल्दै ढकालले महासंघको नेतृत्वमा निर्यात व्यवसायीहरुको पक्षमा पैरवी गर्न सक्नेलाई जिताउनु पर्ने बताए । अहिले वरिष्ठ उपाध्यक्षका लागि आकांक्षी रहेका मध्ये सबैभन्दा धेरै निर्यात व्यवसायीहरुको पक्षमा पैरवी गर्नसक्ने व्यक्ति उमेशलाल नै हुन् ।
उमेशलाल औसधी उद्योगी हुन् भने अर्का आकांक्षी अञ्जन श्रेष्ठ गाडी आयात गरेर व्यापार गर्छन । चारजना आकांक्षीहरु मध्ये रामचन्द्र संघई बैंक सञ्चालक हुन । अर्का आकांक्षी श्रेष्ठ र उमेशलाल श्रेष्ठ भने एक अर्कालाई सकारात्मक सोच्ने व्यक्ति हुन् । अन्तिममा दिनेशले उमेशलाई समर्थन गर्न सक्ने महासंघका नेताहरु बताउछन् । महासंघका एक नेताका अनुसार यस पटक उमेशलालाई समर्थन गरे अर्को पटक दिनेश श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने गरी सहमतिको प्रयास भइरहेको छ ।








