शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1.64K
shares
Krishi Bikas Bank

काठमाठौं, २० पुस । शुभम पावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम म्याद रहेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पुस ६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आफ्नो जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात ४ करोड रुपैयाँको ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको शेयरमा बाँडफाँट नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो शेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत गोखिम रहेको संकेत गर्दछ ।


Krishi Bikas Bank
franklin 1200*150