एनसीसी बैंकको अस्तित्व आजबाट सकियाे, कुमारी बैंककाे नामबाट एकीकृत काराेबार सुरु
वि.सं.२०७९ पुस १७ आइतवार ११:०१
shares

काठमाडौं, १७ पुस । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आजदेखि एकीकृत कारोबारको सुरुवात गरेका छन् ।
यी दुई बैंकले मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरु गरेका हुन् । यी दुई बैंक एक आपसमा गाभिएपछि कुमारी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको छ ।
यी दुई बैंकले मंसिर २५ गते सम्पन्न विशेष साधारण सभाबाट एक आपसमा मर्जरमा गर्ने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकबाट भने दुई वटै बैंकले पुस ६ गते मर्जरमा जाने अन्तिम स्वीकृति पाएका थिए ।
मर्जरपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल कुमारी बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान काठमाडौंमा हुने कम्पनीले जानकारी दिएको छ । यी दुई बैंक मर्जरमा गएपछि बन्ने कम्पनीको चुक्तापूँजी रू. २५ अर्ब ८५ करोड पुग्नेछ ।








