मेलामा विद्यार्थीका सिर्जना– स्वास्थ्य चेतनासँगै भान्सादेखि उद्योगसम्मका सामग्री

1.8K
shares
Krishi Bikas Bank

दाङ, १६ पुस । गत बिहीवार विद्यालय प्रांगणदेखि रानीघाटको बगरसम्म विद्यार्थी, शिक्षक, अभिभावक तथा सिकाइ मेला अवलोकन गर्नेहरुको भीड छ । मेला सञ्चालित स्थान दाङको तुलसीपुर–७ मावि कालाखोला परिसरिमा ४१ बढी स्टलहरु लगाइएको थियो ।

ती स्टलभित्र तुलसीपुर क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले सिर्जनशील तरिकाले आफूले आर्जन गरको शिक्षा प्रदर्शन गरे । विद्यार्थीहरुले प्रदर्शन गरेका अधिकांश सामग्रीहरु ‘डमी’ थिए । केही शैद्धान्तिक, केहीमा सिर्जनशीलता देखिन्थ्यो भने केही हाम्रो दैनिक जीवनमा प्रयोगै गर्न मिल्ने थिए ।

मेलाभित्रका हरेक स्टलहरुमा गरिएको प्रदर्शनी कोहीभन्दा केही कम थिएन तर केही स्टलहरुमा अलि बढी आकर्षण देखिन्थ्यो । ती मध्ये एक हो– तुलसीपुरको मेट्रो कलेजको स्टल । जहा“ कलेजमै अध्ययनरत विद्यार्थीहरुले तयार गरेको मकै केलाउने मेसिन प्रदर्शनमा राखिएको, जो धेरैले मन पराए । विद्यार्थीहरु मेसिनको बारेमा जानकारी दिंदै थिए– ‘मेसिनमा २ एचपी को मोटर प्रयोग गरिएको छ । यसले १ घण्टामा १ सय ५० केजी मकै केलाउन सक्छ ।

मकै झरिसकेपछि चाहीं यो प्लालबाट थोता बाहिर फाल्छ ! २० देखि २५ हजारको लगानीमा यो तयार गर्न सकिन्छ ।’ विद्यार्थीहरुले अन्य सामग्रीहरु पनि बनाएका छन् तर यो नेपाल कृषि प्रधान देश हो हामी कहीं न कहीं कृषिस“ग जोडिएका कारण धेरेले यो यन्त्र मन पराएको कलेका प्रधानाध्यापक बसन्त आचार्यले बताउनुभयो । उहा“ले भन्नुभयो– ‘धेरैले मन पराउनुभएको छ ।

यो दैनिक जीवनमा प्रयोग हुने प्रभावकारी मेसिन हो । त्यसैले यस्तै १९ वटा मेसिन तयार गरेर तुलसीपुर उपमहानगरपालिकामार्फत १९ वटै वडामा पु¥याउने सोच बनाएका छौं ।’ त्यस्तै कलेजमा ‘फूड एण्ड डेरी’ अध्ययनरत विद्यार्थीहरुले स्याउको जाम, केराको चिप्स, सिस्नोको धुलोलगायतका खाद्य वस्तुहरु उत्पादन गरेर प्रदर्शन गरेका थिए ।

त्यस्तै मेलाको अर्को आकर्षण हो, राप्ती लाइफ केयर नर्सिङ कलेजको स्टल । जहा“ स्वास्थ्य सेवासम्बन्धी जनचेतनामूलक सामग्रीहरु प्रस्तुत गरिएको थियो । कुन उमेर समूहका कुन–कुन पोषणयुक्त चिजको खाने, बालबालिकालाई उमेरअनुसार कसरी पोषकतत्व परिवर्तन गर्दै लैजानेलगायतका कुराहरुलाई सचित्र व्याख्या गरिएको थियो ।

त्यसैगरी विद्यार्थीहरुले कुन रोगका विरामीले कुन वस्तु खाने, कुन नखाने तथा कम खाने, कुन समयमा कस्तो खालका खाद्य वस्तुको प्रयोग गर्ने भन्ने विषयका सम्बन्धित चिजकै चित्र बनाएर सिर्जनशील तरिकाले प्रस्तुत गरेका थिए । जस्तैः मुटुको चित्र बनाएर त्यसभित्र मुटुका बिरामीले खान हुने, खान नहुने खाद्यवस्तुहरु राखिएको थियो । विद्यार्थीहरु भन्छन्– ‘यी जानकारी लेखेर मात्र पनि दिन सकिन्थ्यो तर चित्रसहित राख्दा आकर्षक देखिन्छ ।

मान्छेहरुको ध्यान किन्द्रित हुन्छ । अनि यो मेलामा अभिभावकहरु पनि आउनुभएको सबै अभिभावक पढेलेखेको नहुन पनि सक्नुहुन्छ । उहा“हरुलाई चित्र हेरेरै पनि थाहरु होस् कि कस्तो कुरा खान मिल्छ कस्तो मिल्दैन भनेर ।’

मेलामा मावि कालाखोलाका विद्यार्थीले प्रदर्शन गरेका सामग्री हेर्दा संसारमा फोहर भन्ने कुनै पनि वस्तु छ जस्तो लाग्दैनथ्यो । उनीहरुले हामीले दैनिक जीवनमा प्रयोग गरेर फाल्ने चिजहरुबाट केही न केही बनाएका थिए । चकलेट, विस्कुटका खोलबाट चकटी अण्डाका खोस्टाबाट फूल, फालिएका बोत्तलबाट फूलदानी, कलमदानी, च्यातिएका पाइन्टबाट तयार गरिएको झोलालगायतका सामग्रीहरुले पनि सिकाइ मेलामा पुगेकाहरुको ध्यान तान्यो ।

त्यस्तै मेलामा विज्ञानसम्बन्धी विभिन्न खालका यन्त्रहरुको चाखलाग्दो गरी प्रदर्शनीमा राखिएको थियो । गोरखा मावि तुलसीपुरका विद्यार्थीले तयार गरेको क्रसर उद्योग, मावि सेन्टरका विद्यार्थीको स्वचालित सडक बत्ति, मेट्रो कलेजका विद्यार्थीको लिफ्टलगायतका सिर्जनाको प्रदर्शनतर्फ सिकाइ मेलामा पुगेका विद्यार्थीहरुले चासो देखाएका थिए ।

तुलसीपुर–१५ मलवारको मुना इङलिस बोर्डिङ स्कूल कक्षा १० मा अध्ययनरत शैलेश रेग्मी भन्छन्– ‘धेरै कुराहरु सिक्ने मौला पाइयो । प्रदर्शनमा राखिएका सबै कुराहरु उत्तिकै महत्वपूर्ण र ज्ञानमूलक छन् । म चाहीं विज्ञानमा अलि बढी चासो राख्ने भएको विज्ञानसम्बन्धिका सामग्रीहरु अझ बढी सिकाइ भयो । खासगरी सालार सिस्टमको सामग्री गज्जब लाग्यो ।’

मेलामा देखिएका सामान्यरुपमा पनि हाम्रो जीनवस“ग जाडिएका सामग्री र विद्यार्थीहरुको सिर्जनादेखेर मेला सञ्चालक समितिका सल्लाहकार तथा तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष रामबहादुर जिसी खुशी व्यक्त गर्नुहुन्छ । ‘सुनाखरीजस्तो सिकाइमूलक शैक्षिक मेला आफ्नो वडाभित्रको विद्यालयमा सञ्चालन गर्न पाएकोमा निकै खुशी छु ।

हाम्रो पालिकाभित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले घरको भान्सादेखि ठूला उद्योगमा चाहिने मिसिनसम्म बनाएर देखाए । साच्चिकै उनीहरुले देखाएका ती सामग्रीहरु हाम्रो दैनिक जीवनमा प्रयोग भइराखेका हुन्छन् । ती चिजहरु त हामीले स्थानीयस्तरमै पनि निर्माण गर्न सक्दा रहेछौं, भन्ने जानकारी भयो । उहाँ भन्नुहुन्छ– ‘सैदान्तिक ज्ञानले मात्र मान्छे पूर्ण हु“दैन, व्यवहारिकता पनि उत्तिकै चाहिन्छ । त्यसैले यस्तो खालका सिकाइमूलक मेलाहरु बेलाबेलामा लाग्न जरुरी रहेछ ।’

तुलसीपुर उपमहानगरपालिका भित्रका विभिन्न ८ वटा विद्यालयले आयोजना गरेको सुनाखरी सिकाइ मेला बिहीवार मावि कालाखोलामा सम्पन्न भएको छ । मेलामा ३२ वटा विभिन्न विद्यालयका र बाकी सेवामूलक संस्थाका गरी जम्मा ४१ वटा स्टल रहेका थिए । सामुदायिक र संस्थागत गरी ६२ वटा विद्यालय समावेश भएको मेलाको सात हजारबढीले अवलोकन गरको मेला सञ्चालित विद्यालयका शिक्षक मित्रमणि खनालले जानकारी दिनुभयो ।


Krishi Bikas Bank
franklin 1200*150