सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

1.3K
shares
Krishi Bikas Bank

काठमाडौं, १४ पुस । सिटिजन्स बैंकले संस्थापके ५ हजार ९२१ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले शेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको शेयरको न्यूनतम मुल्य १४५ रुपैयाँ प्रतिकित्ता तोकेको छ ।

यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । शेर खरिद गर्न इच्छुक जो कोहीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।

यस अघि बैंकका विद्यमान संस्थापकहरुलाई शेयर बिक्री खुला गर्दा कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरेको जनाएको छ ।


Krishi Bikas Bank
franklin 1200*150