नयाँ सरकार बनेसँगै व्यवसायीमा निकै उत्साह थपिएको छ : संस्थापक अध्यक्ष कटुवाल

1.81K
shares
Krishi Bikas Bank

काठमाडौं, १३ पुस । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले नयाँ सरकारसँग उद्योगी व्यवसायीहरूको निकै ठूलो आशा रहेको बताएका छन् । नयाँ सरकार बनेपछि केटिएम भ्वाइसँगको संक्षिप्त कुराकानीमा संस्थापक अध्यक्ष कटुवालले नयाँ सरकारको पहिलो निर्णय नै उद्योगी व्यवसायीहरूका लागि निकै महत्वपूर्ण रहेको भन्दै यसले व्यवसायीलाई निकै नै उत्साहित बनाएको बताएका हुन् ।

नयाँ सरकारलाई पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै कटुवालले अर्थतन्त्र सुधारका लागि निकै आशा पलाएको बताए । पछिल्लो समय बजारमा देखिएको तरलता अभावको व्यवस्थापन गर्नेदेखि लगानीका वातावरण निर्माणमा यो सरकारले निकै राम्रो काम गर्ने आफ्नो विश्वास रहेको उनको भनाइ छ । ‘नयाँ सरकारको पहिलो निर्णय नै अर्थतन्त्रलाई सुधार गर्ने भन्ने भएकाले आसा पलाएको छ, व्यवसायीमा सकारात्मक सञ्चार भएको छ,’ उनले भने ।

नयाँ गठबन्धन निर्माण भएसँगै बिग्रिएको अर्थतन्त्र सुधार हुनेमा व्यवसायीहरु निकै आशावादी बनेको उनको भनाइ थियो । ‘निजी क्षेत्रमा र रहेका विभिन्न खाले समस्याको अन्त्य र नीतिगत सुधारका लागि सरकारले सकारात्मक काम गरेर समस्या समाधान गर्नेमा म र सबै उद्योगी व्यवसायीहरु आशाबादी रहेका छौँ,’ कटुवालले भने ।

यसका साथै नयाँ सरकारले मुलुकमा लगानी मैत्री बाताबरण निर्माण गरेर रोजगार सिर्जना गर्ने र साना तथा घरेलु उद्योगको संरक्षण गर्ने नीति लिने विश्वास व्यवसायीहरुको रहेको छ । विग्रेको अर्थतन्त्र सुधार गर्नु पर्ने मुख्य चुनौति रहेको भन्दै यसलाई यो सरकारले सफलतापूर्वक सम्पन्न गर्ने विश्वास कटुवालको छ ।

अर्थमन्त्रीका रुपमा जिम्मेवारी समालेका विष्णु पौडेलले उच्च ब्याजदर नियन्त्रणका लागि आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुलाई बोलाएर समस्या समाधान गर्ने बाचा समेत गरिसकेका छन् । प्रदेशक १ का व्यवसायीसँगको भेटमा अर्थमन्त्री पौडेलले समस्या समाधान गर्ने बचन दिएका छन् । फलस्वरुप आन्दोलन गरिरहेका व्यवसायीहरुले आन्दोलन समेत स्थगन गरेका छन् ।


Krishi Bikas Bank
franklin 1200*150