आज चार वटा कम्पनीको शेयरमूल्य समायोजन

1.44K
shares
Krishi Bikas Bank

काठमाडौं, १३ पुस । बुधवार चार वटा कम्पनीको शेयर मूल्य संमायोजन भएको छ । नेप्सेले नेपाल बैंक,प्राइम कमर्सियल बैंक ,मितेरी डेभलपमेन्ट बैंक र हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

नेपाल बैंकको नेप्सेले २ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य २८० दशमलव ८८ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य २८० दशमलव ८० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

त्यस्तै नेप्सेले प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य प्रतिकित्ता रू। २२० दशमलव १० तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू। २२८ दशमलव ९० को आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।

मितेरी डेभलपमेन्ट बैंकको नेप्सेले १२ दशमलव ३५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू।३६४ दशमलव ९३ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू। ४१० को आधारमा शेयर मूल्य संमायोजन गरेको हो ।

त्यस्तै नेप्सेले हाईड्रोइलेक्ट्रीसिटीको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू। १७७ दशमलव १४ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू। १८६ को आधारमा शेयर मूल्य समायोजन गरेको हो । यी कम्पनीहरुले लाभांश तथा साधारण सभा प्रयोजनको लागि बिहीवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।


Krishi Bikas Bank
franklin 1200*150