डेढ–डेढ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’को घोषणा

1.39K
shares
Krishi Bikas Bank

काठमाडौं, १३ पुस । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शोको आयोजना हुने भएको छ । ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आज काठमाडौंको पाँच तार होटल मेरियटमा भव्य समारोहको आयोजना गर्दै घोषणा गरिएको हो ।

यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो ।

१६ बर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगीतामा भाग लिन पाउने आयोजकले जनाएको छ । यो प्रतियोगीतामा भाग लिन चाहने नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन् ।

यी दुबै रियालिटी शोका विजेताले १–१ करोड पुरस्कार समेत पाउनेछन् । नेपालमा आजसम्म यति ठूलो धनराशीमा कुनै पनि रियालिटी शो आयोजना भएको छैन । यस्तै, दुबै रियालिटी शोको फस्ट रनरअपले ३०–३० लाख र सेकेन्ड रनरअपले २०–२० लाख पुरस्कार राशी प्राप्त गर्नेछन् ।

फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले भने–‘हामी हाम्रो संकृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संकृति र दुःखमा परेकाहरुलाई मद्दत गर्नुपर्छ । फाउन्डेशनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’

घोषणा समारोहमा दुबै रियालिटी शोका निर्णायक मण्डलहरुलाई समेत परिचय गराइएको थियो । ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलिप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की, नरमन राई छन् ।

यी दुबै शोको निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । पत्रकार सम्मेलनमा एलिनले भने–‘हामीले यसपटक पनि नेपाली मौलिकता, संकृति झल्कने गीतसंगीतलाई नै महत्व दिनेछौं ।’

फाउन्डेशनले नेपाल बाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागीता रहने अपेक्षा गरेको छ ।

कार्यक्रममा बरिष्ठ संगीतकार रञ्जित गजमेर र नायक राजेश हमालले फाउन्डेशनले गर्दै आएका कामको प्रशंसा गरे । उनीहरुले, फाउन्डेशनले नेपाली कला, संकृति झल्काउन आयोजना गर्न लागेको दुबै रियालिटी शोले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई विश्वमाझ परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।


Krishi Bikas Bank
franklin 1200*150