लामा जोपा रिन्पोछेनद्वारा लिखित पुस्तक विमोचन

1.36K
shares
Krishi Bikas Bank

काठमाडौं, ११ पुस । कपन गोम्पाका लामा जोपा रिन्पोछेनद्वारा लिखित ‘धूम्रपानका नकारात्मक असरहरू तथा सुखी र स्वास्थ्य जीवन जिउने उपायहरू’ नामक पुस्तक विमोचन भएको छ ।

आइतबार कपन स्थित आनीगोम्पामा भएको बिमोचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको अतिथ्यता रहेको थियो ।

कार्यक्रममा विभिन्न विशिष्ट धर्मगुरुहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, पुर्वमन्त्री तथा पुर्वसांसदहरु, नेपाल सरकारका विशिष्ट तहका कर्मचारीहरू, विभिन्न सामाजिक सँघ संस्थाका प्रतिनिधिहरू तथा भिक्षु–भिक्षुणीहरूको व्यापक उपस्थितिमा लेखक धर्मगुरु लामा जोपा रिन्पोछेन, गायिका आनि छ्योयीङ डोल्मा र गायक राजु लामा लगायतका विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए ।

हिमाली बौद्ध परम्पराको मँगलपाठ गरेर सुरु गरिएको कार्यक्रममा लेखक रिन्पछेनले पुस्तको छोटो परिचय सहितको मन्तव्य राखेका थिए। कार्यक्रममा पूर्वमन्त्री गगन थापाले यो पुस्तकको महत्त्व समाजमा धेरै गहन ढंगले रहने धारणा राखेका थिए । कार्यक्रममा गायिका आनि छ्योयिङ डोल्मा र गायक राजु लामाको साङ्गीतिक प्रस्तुति समेत राखिएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150