सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा पुस २९ गते, के-के छन् एजेण्डा ?

1.3K
shares
Krishi Bikas Bank

काठमाडौं, ८ पुस । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले पुस २९ साधारणसभा गते गर्ने भएको छ । सभा काठमाडौं, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाले ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले यस सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी यी दुई कम्पनी एक आपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड राख्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।


Krishi Bikas Bank
franklin 1200*150