कहाँ छन रोजगारीका लागि गएका ४१० जना नेपाली ?
वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:५७
shares

काठमाडौं, ७ पुस । नेपालमा रोजगारीको अवसर नहुँदा परिवारको गुजारा चलाउनका लागि नेपालीहरु विदेश जानु पर्ने बाध्यता रहेको छ । नेपालमा रोजगारीका लागि जतिसुकै भाषण गरिए पनि काम भने हुँदैनन् । रोजगारीका लागि विदेश जाने युवाहरु बन्द बाकसमा आउनु कुनै नौलो कुरा होइन नेपालका लागि । यो नेपालको परम्परा जस्तै बनिसकेको छ ।
स्वदेशमा रोजगारी नपाए पछि विदेश जानु आम नेपालीको बाध्यता हो । तर केही नेपालीहरु भने रोजगारीका लागि विदेश गएपछि उतै हराएका छन् । उनीहरुको अवस्था अज्ञात छ । उनीहरु कहाँ छन भन्ने विषयमा कतै पनि तथ्यांक छैन् । एक अध्ययनले रोजगारीमा गएका ४१० जना नेपाली श्रमिक लामो समयदेखि सम्पर्क विहीन रहेको एक अध्ययन लेखाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२’ मा रोजगारीका लागि नेपालबाट विदेश गएका उनीहरु सम्पर्कविहीन बनेका हुन् । ४१० जना नेपालबाट युएई, मलेसिया, कुवेत, ओमान र साउदी अरबमा गएका उनीहरु सम्पर्क विहीन बनेको प्रतिबेदनमा उल्लेख छ ।
प्रतिवेदनमा जनाइए अनुसार उनीहरु लामो समयदेखि सम्पर्कमा आउन नसकेका हुन् । सन् २०२१/२२ मा मात्रै सबैभन्दा धेरै यूएईमा २५४ जना हराएका छन् । जसमध्ये १९ महिला श्रमिक छन् । यूएईमा २०२० मा १० जना नेपाली श्रमिक हराएको तथ्यांक थियो । २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो । तर पछिल्लो एक वर्षमा सम्पर्क विहीन बन्ने नेपालीको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको देखिएको छ ।
रोजगारीका मलेसिया गएका १०५ जान पनि सम्पर्क विहीन बनेका छ । मलेसियामा हराउने क्रम घटेको तथ्यांकले देखाएको छ । ३ वर्ष पहिले ३०० जना हराएकोमा अहिले त्यो संख्या घटेको हो । यस्तै कुवेतमा ४८ जना हराएका छन् । यस्तै साउदी अरबमा २ र ओमानमा १ जना हराएका छन् । यो संख्या दूतावासमा वा परराष्ट्रमा खोजी गरिदिनको लागि आएका निवेदनका आधारमा तयार पारिएको प्रतिवेदनमा उल्लेख छ ।








