सुनचाँदीको भाउ बढ्यो, कति छ बजार मूल्य ?
वि.सं.२०७९ पुस ७ बिहीवार १२:१९
1.43K
shares
shares

काठमाडौं, ७ पुस । नेपाली बजारमा आज सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । मूल्य दुई दिनमा १ हजार १०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १ हजार ५०० रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रूपैयाँले बढेर १ हजार ४०५ रूपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।








