राधी विद्युत कम्पनीको साधारणसभा पुस २८ गते, लाभांश पारित गर्ने
वि.सं.२०७९ पुस ६ बुधवार १४:४९
shares

काठमाडौं, ६ पुस । राधी विद्युत कम्पनी लिमिटेडले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल ५ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीले गत वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरू मा सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।








