एक लाख ५०० मा पुगेर रोकियो सुनको भाउ

1.45K
shares
Krishi Bikas Bank

काठमाडौं, ४ पुस । सोमबार सुन र चाँदीको भाउ स्थिर रहेको छ । आज सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कायम रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ तोलामा ६०० रुपैयाँले महंगिएको थियो ।

साताको दोश्रो दिन, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150