श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ७ प्रतिशत लाभांश दिने

1.83K
shares
Krishi Bikas Bank

काठमाडौं, १ पुस । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.४ प्रतिशत नगद गरि कुल ७.६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


Krishi Bikas Bank
franklin 1200*150