२ सयले घट्यो सुनको मूल्य, कति छ बजार भाउ ?
वि.सं.२०७९ मंसिर २७ मंगलवार ११:५७
shares

काठमाडौं, २७ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ९० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।








