बढ्यो शेयर बजार, आज १ अर्ब ३६ करोडको कारोबार
वि.सं.२०७९ मंसिर २६ सोमवार १५:१३
1.65K
shares
shares

काठमाडौं, २६ मंसिर । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक १६ दशमलव ९७ अंकले बढेको छ ।
आइतबार ३१ अंकले ओरालो लागेको शेयर बजार सोमबार भने शुन्य दशमलव ९० प्रतिशतले उकालो लागेर १९०२ को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबरा मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५७ अंकले बढेको छ ।
आज भएका २२ हजार ९ सय ९३ कारोबारबाट २४५ कम्पनीका ४४ लाख ७० हजार ६ सय २५ कित्ता शेयर किनबेच भएका छन् ।
आज दिनभर भएको सम्पूर्ण कारोबार रकम १ अर्ब ३६ करोड ६० लाख १० हजार ४ सय ६४ पुगेको छ ।








