पाँचथर पावरले लाभांश पारित गर्न बोलायो साधारणसभा

1.32K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ मंसिर । पाँचथर पावर कम्पनी लिमिटेडले पुस १८ गते सातौ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर २४ गतेको सञ्चालक समितिको बैठकले होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा वहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी  ९६ करोड २५ लाखको आधारमा ७ प्रतिशत कर समेत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150