व्यवसायीले राजनीति गर्दा राष्ट्रको हित हुन्छ कि नोक्सान ?

व्यवसायमा अब्बल व्यक्ति राजनीतिमा पनि अब्बल

6.22K
shares
Krishi Bikas Bank

काठमाडौं, १९ मंसिर । सिद्धान्तलाई मान्ने हो भने राजनीति एक सेवा हो । तर, नेपालमा भने राजनीतिलाई पेशा नै बनाएको अवस्था छ । राजनीति गर्ने भनेको सेवा नभएर पैसा कमाउने थलो बनेको छ । राजनीतिलाई नै पेशाको रुपमा लिइएका कारण पनि देशको विकास हुन सकेको छैन ।

निजी क्षेत्रमा अव्वल भएका मान्छेहरु राजनीतिमा आउदा यसलाई केही रोक्न सकिने जानकारहरु बताउछन् । राजनीतिमा जाने मान्छे व्यवसायिक रुपमा सफल छ र उसले निश्वार्थ भावले काम गर्ने हो भने मुलुकले विकासको गति लिने युवा अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी बताउछन् । अधिकारीको बुझाईमा राजनीतिलाई स्वच्छ बनाउनका लागि व्यवसायिक ज्ञान राम्रो भएको व्यक्ति चाहिन्छ ।

हालै सम्पन्न भएको निर्वाचनमा निजी क्षेत्रको राम्रै प्रतिनिधित्व देखिएको छ । निजी क्षेत्रका व्यक्तिहरु सांसद चुनिएका छन् । अब उनीहरु सरकारको नेतृत्वमा पनि पुगे भने मुलुकलाई कस्तो असर गर्ला ? कतिपयको बुझाइ स्वार्थ बाझिएला कि भन्ने छ । तर, देशको विकासका लागि पनि अबको सरकारमा केही रकमकाे लोभ गर्ने र राजनीतिलाई नै पेशाको रुपमा लिनेलाई पठाउन नहुने अर्थविद्हरु बताउछन् ।

‘यहाँ त बोल्यो भने पनि कुन नेताको मनमा चसक्क बिझ्छ, बोल्न पनि गाह्रो छ’ एक अर्थविद् भन्छन्, ‘नाम नलेखिदिनु होला, देशको अर्थतन्त्र सुधार्ने हो भने अब सरकारका मन्त्रीहरु केही लाख र करोडमा र्याल चुहाउने नेताहरुलाई पठाउनै हुदैन ।’ ती अर्थविदको बुझाइमा निजी क्षेत्रमा अव्वल भएका व्यक्तिहरुलाई मन्त्री बनाए पनि धेरै कामहरु हुनसक्छन् ।

व्यवसायिक व्यक्तिहरुले पैसाका लागि राजनीति गर्नुपर्दैन । उनीहरुले आफ्नो उद्यम व्यवसायबाट नै आफूलाई पुग्ने सम्पत्ति कमाएका हुन्छन् । ‘उदाहरणका लागि हेरौँ न, ज्ञानेन्द्र कार्कीलाई अर्थमन्त्री बनाउनु भन्दा विनोद चौधरीलाई बनाउने हो भने १० गुणा बढी देश र अर्थतन्त्रलाई फाइदा छ’ उनले भने, ‘पहिलो कुरा त चौधरी अर्वपति हुन् उनी पैसाको लोभमा आफ्नो करिअर बर्वाद बनाउन चाहादैनन्, अर्को त, उनमा लामो अनुभव छ उनी सफल हुनसक्छन् ।’

मुलुकको अर्थतन्त्र सवल बनाउन निजी क्षेत्रलाई राज्यले सँगै लिएर अघि बढ्नुपर्नेमा दुइमत छैन । तर आफूहरु सधै उपेक्षामा परेको निजी क्षेत्रको गुनासो छ । उद्योगी उमेशलाल श्रेष्ठ भन्छन्, ‘निजी क्षेत्रको अवस्था भनेकै देशको आर्थिक अवस्था हो, देशको अर्थतन्त्रमा निजी क्षेत्रको करिव ७० प्रतिशत हिस्सा हुन्छ ।’ ७० प्रतिशत हिस्सा ओगट्ने क्षेत्रलाई भूमिका दिने हो भने मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने उनको विस्वास छ ।

विश्वका उदाहरण

विश्वमा यस्ता धेरै देशहरु छन्, जहाँ निजी क्षेत्रबाट राजनीतिमा लागेकाहरु सफल बनेका छन् । पछिल्लो उदाहणका रुपमा हामीले वेलायतलाई नै लिन सकिन्छ । प्रजातन्त्रको जननी मान्ने बेलायतमा व्यापारिक पृष्ठभुमि भएका व्यक्ति प्रधानमन्त्रीका रुपमा रहेका छन् । त्यहाँका प्रधानमन्त्री ऋषि सुनक त्यहाँका राजाभन्दा पनि धनी छन् । उनी बेलायतका धनी राजनीतिज्ञ हुन् । व्यापारिक पृष्ठभूमीबाट राजनीतिमा आएका सुनक प्रधानमन्त्री बन्नुभन्दा पहिले अर्थमन्त्रीको जिम्मेवारी पुरा गरेका थिए ।

उनले अर्थमन्त्री भएको समयमा गिर्दो अर्थतन्त्रलाई चलायमान बनाउन सफलता पाएका थिए । सुनक ८३ करोड अमेरिकी डलरको मालिक हुन् । उनी पूर्व बैंकर समेत रहेका उनी बेलायतको प्रधानमन्त्रीका रुपमा काम गर्न सक्छन भने नेपालका व्यापारिहरुले किन सक्दैनन् ?

नेपालको राजनीतिमा विनोद चौधरी एक पात्र मात्रै हुन अरु व्यवसायीहरु पनि राजनीतिमा आउनु पर्ने आवश्यकता देखिन्छ । सुनक जस्तै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्प जुनियर पनि धनी राजनीतिज्ञका रुपमा चिनिन्छन् । उनले विश्वको शक्तिशालि राष्ट्र अमेरिकाको कार्यकारी नेतृत्व गरे ।

रियलस्टेट व्यवसायी रहेका उनी राष्ट्रपतिमा निर्वाचित भएको समयमा ९ अर्ब अमेरिकी डलरको मालिक थिए । यो व्यवसाय उनको पुर्खौली व्यवसाय थियो । सुनक र ट्रम्प त प्रतिनिधि पात्रमात्रै हुन्, विश्वमा यस्ता धेरै उदाहरणहरु छन् । अहिले नेपाल बर्वाद भयो भन्नेहरुले यस्ता व्यक्तिहरुलाई राजनीतिमा ल्याउने हो भने देशको मुहार फेरिने पक्का छ ।


Krishi Bikas Bank
franklin 1200*150