नाफिजको महासभामा २ आर्थिक पत्रकारलाई एक लाखको पुरस्कार दिइने

2.97K
shares
Krishi Bikas Bank

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृती फाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे । हस्ताक्षरकर्ता अधिकारी पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको छोरी हुन् ।

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो । फाउन्डेसनको सहयोगमा नाफिजले आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

यो वर्षको ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैठौं महासभाको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ ।

फाउण्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्ने सहमति पनि भएको छ ।

भरतमोहन अधिकारी पूर्व उपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका नेता हुन् । उनको जन्म वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरी जिल्लाको भ्रमणपुरा गाउँमा भएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ भरतमोहन अधिकारी तीनपटक अर्थमन्त्री भएका थिए ।

वि.सं. २०५१ सालमा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास र गाउँगाउँमा सहकारी जस्ता कार्यक्रम उनकै कार्यकालमा ल्याइएको थियो ।

अधिकारी वि.सं. २०५३ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भए । वि.सं.२०५६, वि.सं. २०६१ मा पनि अधिकारी अर्थमन्त्री भए । वि.सं. २०६७ सालमा उहाँ उपप्रधान तथा अर्थमन्त्री बने । उनको निधन २०७५ साल फागुन १८ गते भएको थियो । फाउण्डेसनको स्थापना २०७६ साउनका भएको हो ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै अधिकारी पुत्री लिमाले भरतमोहन अधिकारीले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा सहकारी क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानलाई सधैं चिर स्थायित्व दिन तथा नेपालको आर्थिक तथा सहकारी पत्रकारितामा विशिष्ट योगदान पु¥याउने पत्रकारहरूलाई सम्मान गर्न नाफिजसँग सम्झौता गरिएको बताइन् ।


Krishi Bikas Bank
franklin 1200*150