सरकारले दिएको अपार्टमेन्टमा किन जान चाहदैनन् सुकुम्बासी ?
वि.सं.२०७९ मंसिर १८ आइतवार ०९:२५
shares

काठमाडौं, १७ मंसिर । अहिले सुकुम्बासी समस्या पुनः बल्जियएको छ । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा थापाथलिमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाए पछि आन्दोलन भएको थियो । त्यस यता हटाउने भन्ने विषयमा हल्ला चलेको भए पनि हटाउने विषयमा भने खासै काम हुन सकेन् ।
अहिले आएर काठमाडौं महानगरपालिकाले यो वस्ती हटाउनका लागि डोजर लिएर बस्तीमा जाँदा अवस्था असान्त बन्न पुगेको छ । सुकुम्बासी र महानगरपालिका बीच अहिले दोहोरी नै चलिरहेको छ । सुकुम्बासीहरुले महानगरपालिकाको प्रहरी माथि नै आक्रमण गरे ।
सुकुम्बासीको आक्रमणबाट काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको टाउको समेत फुट्यो । काठमाडौंको मुख्य स्थानमा टाउको फुटालाफुटाल भइरहेको अवस्थामा यहाँ भन्दा केही पर नागार्जु नगरपालिका वडा नम्बर १ मा सुकुम्बासीका लागि बनाएका भवनहरु भने बेबारिसे अवस्थामा रहेका छन् ।
तत्कालिन प्रधानमन्त्र भट्टराईको पालामा निर्माण सुरु भएका ४ वटा अपार्टमेन्ट अहिले प्रयोग विहीन बनेका छन् । ४ वटा मध्ये एउटा अपार्टमेन्ट मानव सेवा आश्रम नामक संस्थाले प्रयोग गरेको छ । एउटा भनवको भुइ तल्लामा वडा कार्यलय दोस्रो तल्लामा अस्थायी प्रहरी बिट रहेको छ । तेस्रो तल्लामा शहरी स्वास्थ्य केन्द्र हरेको छ । त्यो बाहेक भवनका बाँकी कोठाहरु प्रयोग बिहीन रुपमा रहेका छन् ।
यी अपार्टमेन्ट बनाउनका लागि राज्यको १२ करोड बढी रकम खर्च भएको छ । एका तर्फ राज्यको यत्रो धेरै रकम बालुवामा पानी भइरहेको छ भने अर्को तर्फ सुकुम्बासीको समस्या बारम्बार आइरहेको छ । सुकुम्बासीका लागि बनाएको भवनहरुमा सुकुम्बासीहरु आएर हेर्ने गरेको र आफूहरुका लागि सानो हुने भन्दै जाने गरेको त्यहाँका स्थानीयहरुको भनाइ छ ।
सरकारले निमार्ण गरेको ती अपार्टमेन्टका फ्याल्टहरुमा २ वटा कोठा एउटा किचन र बाथरुमको व्यवस्था रहेको छ । तर सुकुम्बासीहरुले सहरको मुख्य ठाउँमा नै आफूहरुले लालपुर्जा पाउनु पर्ने माग गरिरहेका छन् ।
यदि वास्तविक सुकुम्बासी हुन भने राज्यले दिएको ठाउँमा गएर बस्नु पर्ने आवाज पनि उठिरहेको छ । सुकुम्बासीका नाममा त्यो ठाउँमा अराजकता समेत मौलाएको र त्यहाँ आपराधिक क्रियाकलाप भइरहेको समेत कतिपयको भनाइ छ । जे भए पनि घरबार बिहीन नागरिकको लागि राज्यले बासको व्यवस्था गर्नु पर्छ । यो संविधानमा नै भएको व्यवस्था हो ।
यदि राज्यले अहिले सुकुम्बासीहरुलाई लालपुर्जा बाँडेको अवस्थामा उपत्यका बाहिरबाट आएर काठमाडौंका नदी किनारामा अरु पनि बस्न सक्के सम्भावनालाई ध्यान दिन आवश्यक छ । उपत्यका बाहिबाट आएकाहरुको सम्बन्धित ठाउँमा घर जग्गा नभएको हो भने उनीहरुलाई बासको व्यवस्था गर्नु राज्यको दायित्व भित्रै पर्छ । राज्यले व्यवस्था गर्दा खेरी करोडौँ पर्ने जग्गा दिन थाल्यो भने यो समस्या झन बल्झिने देखिन्छ ।
वास्तविक सुकुम्बासीहरुका नाममा अन्य व्यक्तिहरुले राजनीति गरेका काण पनि अहिलेको अवस्था आएको पनि जानकारहरु बताउँछन् । रानीबनमा निमार्ण गरिएका भवनहरुमा सबै सुविधाहरु रहेका छन् । तर प्रयोगमा नआएका कारण ति अपार्टमेन्टहरु भुत बंगलाममा परिणत भइसकेका छन् । यहाँ सडक, विद्युली, खानेपानी जस्ता सबै सुविधाहरु रहेका छन् । खाँचो छ त ति घरका कोठाहरुलाई सजाउने र त्यहाँ बास बस्ने मानिसको ।
शान्त र मनोरम वातावरण खुल्ला ठाँउ अनि वरिपरि पहाडले ढाकिएको मनोरक दृश्यहरु हेर्दा नै मनमोहक रहेको यो क्षेत्रमा सुकुम्बासी जान नमान्नुले उनीहरु सुकुम्बासी समस्या समाधान होस् भन्ने चाहादैनन् भन्ने हो । नत्र कुनै पनि समस्या नभएको आलिसान अपार्टमेन्टमा नगएर गनाउने बागमतीको किनारामा बसिरहेका छन् ? यो प्रश्न पनि थप पचिलो बन्दै गएको छ ।
यी अपार्टमेन्टको निरीक्षणमा पुगेका सहरी विकास मन्त्री मेटमणी चौधरीले सुकुम्बासीहरुलाई जसरी पनि रानीवनमा व्यवस्थापन गरिने बताए । राज्यको लगानीमा निर्माण भएका र बस्नका लागि समेत उपयुक्त भएकाले सुकुम्बासीहरु यहाँ आउनु पर्ने उनको धारणा थियो ।
यी अपार्टमेन्टमा २०० भन्दा बढी घरपरिवार अटाउने छन् । फ्ल्याटको बाहिर बरन्डा राखिएको छ । त्यसबाट वरपरको मनोरम दृश्यहरु राम्ररी नियाल्न मिल्छ । यस ठाँउमा बाटोका पनि राम्रो सुविधा रहेको छ । भवन अगाडि पछाडि दुबैतिर पक्की बाटो रहेको छ । यति सुविधाहरु हुदाहुदै पनि सकुम्बासी त्यहाँ जान नचाहेको देख्दा सुकुम्बासीहरुमा लोभ उत्पन्न भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
खोलाकै किनारमा जग्गा पाइन्छ कि भन्ने लोभ उत्पन्न भएको शंका गर्न सकिन्छ । अहिले बागमतीको किनारमै ४ आना जग्गाको मूल्य करोडौँ रहेको छ । त्यसकारण सुकुम्बासीहरु त्यहाँबाट सर्न नचाहेको हो की भन्ने भान हुन्छ । वास्तविक सुकुम्बासीहरुलाई हुकुम्बासीहरुले त्यही रहन उस्काएको हो की भन्ने पनि लाग्छ । साँच्चि नै केही नभएकाहरुका लागि राज्यले दिएको यत्रा आलिशान महलमा बस्न पाउदा कुनै सकस नहुनु पर्ने हो ।








